तीन प्रदेशको पहाडी भूभागमा भारी वर्षा

  असोज ०६, २०७९

काठमाडौं, असोज ६ : अहिले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा भारी वर्षा भइरहेको छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार यो क्रम रातिसम्म जारी रहने मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार राति सुदूरपश्चिममा पनि भारी वर्षाको सम्भावना छ ।

प्रदेश १ का विभिन्न भूभागमा वर्षाको सम्भावना छ । भोलि र पर्सि पनि देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली हुने उहाँले बताउनुभयो । अगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशका र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सो क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको विभागले जनाएको छ। नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभागको अनुरोध छ ।

तपाईको प्रतिक्रिया