२४ घण्टामा थप ६६ जनामा सङ्क्रमण पुष्टि

  असोज ०६, २०७९

काठमाडौं, असोज ६ : पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार २६२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार १९० पीसीआर परीक्षण गर्दा ५९ र दुई हजार ७२ एन्टीजेन परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा १३७ जना सङ्क्रमण मुक्त भएका छन् भने सो अवधिमा मृत्युदर शून्य रहेको छ। अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १४ सय पाँच रहेको छ ।

तपाईको प्रतिक्रिया