मेक्सिकोमा शक्तिशाली भूकम्प

  असोज ०६, २०७९

मेक्सिको सिटी, असोज ६ : मेक्सिकोमा बिहीवार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाका मृत्यु भएको थियो ।

६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले ६.८ म्याग्निच्युड अनुमान गरेको छ । मिचोआकानमा सोमबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । मेक्सिको सिटीमा सयौं किलोमिटर टाढा हजारौं भवनमा क्षति पुर्‍ुयाएको थियो । यस भूकम्प आतङ्क फैलाएको थियो ।

स्थानीय समयानुसार बिहीवार बिहान १ः१६ प्रारम्भिक चेतावनी अलार्म बजेपछि मानिसहरूले आफ्नो घरहरू खाली गर्न थालेका थिए । मेक्सिको सिटीका मेयर क्लाउडिया सेनबाउमले आधिकारिक हेलिकप्टरहरू सहरमा उडेको र कुनै पनि क्षतिको प्रारम्भिक रिपोर्ट नरहेको बताउनु भएको छ । भूकम्पपछि सहरमा अहिलेसम्म कुनै क्षति भएको छैन,’ उहाँले ट्वीट गर्नुभएको छ ।

राष्ट्रिय भूकम्प विज्ञान एजेन्सीकाअनुसार भूकम्प १२ किलोमिटर गहिराइमा परेको थियो । यद्यपि, युएसजीएसले मेक्सिको सिटीबाट ४१० किलोमिटर टाढा रहेको २४ किलोमिटर गहिराइ रहेको अनुमान गरेको छ ।

सन् १९८५ र २०१७ मा गएको दुईवटा घातक भूकम्पको वार्षिकोत्सवमा मेक्सिको सिटीमा लाखौं मानिसले आपतकालीन अभ्यासमा भाग लिएको एक घण्टाभन्दा कम समयमै सोमबारको भूकम्प आएको थियो ।

सन् १९८५ सेप्टेम्बर १९ मा आएको ८.१ म्याग्निच्युडको भूकम्पले दश हजार भन्दा बढी मानिसको ज्यान गएको थियो र सयौं भवनहरु ध्वस्त भएको थियो  ।  सन् २०१७ मा ७.१ म्याग्निच्युडको भूकम्पमा परी करिब तीन सय ७० व्यक्तिको मृत्यु भएको थियो । सो भूकम्पमा परी मारिएका व्यक्तिहरु प्राय राजधानी शहरका रहेका थिए ।

तपाईको प्रतिक्रिया