‘पारा तात्या छ’ रिलिज

  असोज ०३, २०७९

काठमाडौँ, असोज ३ : बाबुल गिरीको सङ्गीतमा गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वर रहेको गीत ‘पारा तात्या छ’को भिडियो रिलिज भएको छ। सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका ढकाल र स्मारिका ढकालको अभिनय रहेको भिडियोका निर्देशक सुव्रत आचार्य हुनुहुन्छ ।

जया शर्मा क्रिएटिभ निर्देशक तथा नीमबाबु तामाङको कोरियोग्राफी रहेको गीतको छायाङ्कनमा उत्सव दाहाल हुनुहुन्छ भने सम्पादन विकास दाहालले गर्नुभएको छ। हरि ठकुरी र भीमा श्रेष्ठ ‘भावना’ निर्माता रहेको म्युजिक भिडियोमा दिपेन गौतम ‘माइकल’को प्रोडक्सन डिजाइन रहेको छ ।

तपाईको प्रतिक्रिया