संविधान गतिशील दस्तावेज : उपराष्ट्रपति

  असोज ०३, २०७९

काठमाडौँ, असोज ३ : उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै संविधान कार्यान्वयनकै महत्त्वपूर्ण पक्षका रूपमा रहेको आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई महान् उत्सवका रूपमा लिएर सक्रिय सहभागिता जनाउन सबै मतदातालाई आग्रह गर्नुभएको छ।

वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिकलगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संविधानको सङ्कल्प पूरा गर्न सबैले लाग्नुपर्ने उहाँको सन्देशमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया