यूएन मिसनका लागि नेपाली सेनाको टोली दक्षिणी सुडान प्रस्थान

  भदौ ३०, २०७९

काठमाडौं, भदौ ३० : नेपाली सेनाको श्रीजङ्ग गण (शान्ति सेना)को एसआइबी १२ औं डफ्फाको अन्तिम टोली बिहीवार दक्षिणी सुडानतर्फ प्रस्थान गरेको छ । सेनानी सुरज थापाको नेतृत्वमा २३२ जना नेपाली शान्ति सैनिक यूएन चार्टर्ड विमानमार्फत संयुक्त राष्ट्रसङ्घीय मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

साथै, उक्त मिसनमा तैनाथ श्रीजङ्ग गण ११ औं डफ्फाको अन्तिम टोली प्रमुख सेनानी शिखर जङ्गबहादुर राणाको नेतृत्वमा २२९ नेपाली शान्ति सैनिक आजै स्वदेश फर्किने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकमा कार्यरत यूएन मिसनहरुमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुयाउँदै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया