फिल्म ‘के घर के डेरा’को टिजर

  भदौ ३०, २०७९


काठमाडौं, भदौ ३० : दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक गरिएको छ । फिल्मको टिजर बिहीबार युट्युब च्यानल ‘जीटुवान’मार्फत सार्वजनिक गरिएको हो ।

सिंगे लामाको कथामा बनेको फिल्म कमेडी जनरामा छ । फिल्ममा महेश दवाडीको लेखन छ भने फिल्मलाई शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले संयुक्त रूपमा निर्माण गर्नुभएको हो ।

फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्म कात्तिक ४ देखि देशभर प्रदर्शनमा आउने भएको छ ।

सम्वन्धित शिर्षक

सब्स्क्राईब गर्नुहोस्

साझा खबरलाई सब्स्क्राईब गरि तपाईले अब आफ्नै इमेलमा महत्वपूर्ण समाचारहरु पाउनु हुनेछ ।