राष्ट्रियसभा बैठकबाट तीनवटा विधेयक पारित

  भदौ ३०, २०७९

काठमाडौं, भदौ ३० : राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक पारित गरेको छ ।

बिहीवार बसेको राष्ट्रियसभाको पहिलो र दोस्रो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ पारित गरेको हो ।

राष्ट्रियसभाको अर्को बैठक भदौ ३१ गते शुक्रवार अपराह्न १२ः५९ बजे बस्ने छ ।

तपाईको प्रतिक्रिया