प्रमोद र ममताको सहकार्यमा ‘तप तप आँशु’

  भदौ २६, २०७९


काठमाडौं, भदौ २६ : गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजनिक भएको छ। ममता मिश्रको शब्द सिर्जना रहेको प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडियोमा मर्मस्पर्शी प्रेमभावलाई नजिकबाट केलाइएको छ।

गीतमा नवीन कार्कीको संगीत रहेको छ। गीतलाई निर्देशक केशव भट्टले कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ। निर्देशक भट्टले तप तप आँशु बोलको गीतको भिडियोले हरेक प्रेमील जोडीको  मन छुने बताउनुभएको छ।

गीतकार ममता मिश्रको अफिसियल च्यानलबाट बजारमा ल्याएको गीतमा मोडलद्वय कमल सिंह र ललना चिमोरियाको भिनय देख्न सकिन्छ। गीतकार मिश्रका तिमीले चुमेको, म सागर थिएलगायतका गीत यसअघि नै बजारमा आइसकेका छन्। उत्सव दाहालको छायांकन रहेको भिडियोमा दिनसन शाहको सम्पादन र कलर रहेको छ।

सम्वन्धित शिर्षक

सब्स्क्राईब गर्नुहोस्

साझा खबरलाई सब्स्क्राईब गरि तपाईले अब आफ्नै इमेलमा महत्वपूर्ण समाचारहरु पाउनु हुनेछ ।