गठबन्धन टुट्दैन र तोड्नु हुँदैन : प्रधानमन्त्री

  भदौ २४, २०७९

चितवन, भदौ २४ : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।”

नेपाली कांग्रेस चितवनद्वारा शुक्रवार यहाँ आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवम् विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया