बुटवल, भदौ १९ : नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस हुनुभएको छ ।
एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो । पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएको छ ।
त्यसैगरी रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ बाट एमालेका नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल र तिलोत्तमा नगरपालिका निर्वतमान मेयर बासुदेव घिमिरे प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस हुनुभएको छ ।
एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पूर्वमन्त्री भुसाल र निवर्तमान मेयर घिमिरेसहित चार जनाको नाम सर्वसम्मत सिफारिस गरेको हो । सो क्षेत्रबाट पार्टीले दुर्गा भुसाल र सर्बजित शाहलाई पनि सिफारिस गरेको छ ।






