स्वीडेन : पानी जहाजमा लागेको आगलागी नियन्त्रणमा

  भदौ १३, २०७९

स्टकहोम, भदौ १३ : स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा लागेको आगो नियन्त्रणमा आएको स्वीडेनको सुरक्षाकर्मीले जनाएको छ । उक्त घटनामा सबै यात्रु सकुसल रहेको र उनीहरूलाई गन्तब्यतर्फ पठाउने तयारी भइरहेको छ ।

स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले जहाजको डेकमा आगो लागेको र आगो निभाउन तीन वटा हेलिकप्टर र सातवटा जहाज घटनास्थलमा पठाइएको बताउनुभएको थियो । जहाजलाई खाली गर्ने काम पनि सुरु गरिएको थियो ।

आगलागीबाट तत्काल कुनै क्षति भएको खबर प्राप्त भएको छैन भने आगलागीको कारण भने खुल्न सकेको छैन । स्टेना स्क्यान्डिका नामक उक्त जहाज स्वीडेनको दक्षिणपूर्वी तटमा रहेको गोट्स्का स्यान्डन टापुमा रहेको समय आगलागी भएको थाहा भएको थियो ।

तपाईको प्रतिक्रिया