तनहुँ, भदौ ११ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले फेरि कांग्रेसको नेतृत्वमा सरकार बनाउन गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसले सुरु गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानको यहाँ उद्घाटन गर्दै पाण्डेले सो कुरा बताउनुभएको हो। गठबन्धन गरे पनि पार्टीभित्रको मेलमिलाप हार हुने हुँदा पार्टीलाई जिताउन सबै एक भएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
कांग्रेस क्षेत्र नम्बर १ को आयोजनामा दमौलीमा अभियानका कार्यक्रम सुरु गरिएको हो। कार्यक्रम क्षेत्र नम्बर १ का सभापति श्याम मौरतीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा जिल्ला सभापति जीतप्रकाश आले, पूर्व सभापति वैकुष्ठ न्यौपाने, रघुनाथ पौडेल, नेपाल विद्यार्थी सङ्घका निर्वतमान महामन्त्री तथा महाधिवेशन प्रतिनिधि दीपक भट्टराई, महासमिति सदस्य चिनु पोख्रेल, व्यास नगर सभापति सूर्यचन्द्र हड्खले लगायतले पार्टीले चयन गरेको उम्मेदवारलाई सबै मिलेर जिताउनुपर्नेमा जोड दिनुभएको छ ।






