बुटवल, भदौ ११ : प्रधानमन्त्री शेरबहादुर देउवा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)को उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण गरिएको सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्नुभएको हो ।
बुटवल–१० रामनगरमा करिब आठ वर्ष लगाएर सम्मेलन केन्द्र निर्माण गरिएको हो । विसं. २०७१ साल पुसबाट निर्माण शुरु गरिएको सम्मेलन केन्द्र उद्घाटनपछि बुटवलमा अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलन गर्न सहज हुने भएको छ ।






