गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच सुरक्षा अवस्थाबारे छलफल

  भदौ ०८, २०७९

काठमाडौँ, भदौ ८ : गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापाति प्रभुराम शर्माले भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको छ ।

भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतिबारे सघन छलफल भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको  छ ।

तपाईको प्रतिक्रिया