सोमालियाका प्रधानमन्त्रीद्वारा जवाफ दिने वाचा

  भदौ ०६, २०७९

मोगादिसु, भदौ ६ : सोमालियाका प्रधानमन्त्रीले अल–शबाब जिहादीहरुले मोगादिसुमा भएको घातक होटल घेराबन्दीका लागि सरकारलाई जवाफदेही बनाइने बताउनु भएको छ ।

प्रधानमन्त्री हम्जा अब्दी बारेले पनि सोमालियालीहरूलाई अल–कायदा–सम्बन्धित समूहविरुद्ध लड्न एकजुट हुन आह्वान गनु भएको छ । यस देशमा अल–शबाब जिहादीहरुले १५ वर्ष भन्दा बढी समयदेखि रक्तपातपूर्ण विद्रोह गरिरहेका छन् ।

‘सरकारमा जवाफदेहिता हुनेछ, सरकारमा कोही पनि जवाफदेहिताबाट उम्कने छैन, जो कोहीले आफूलाई सुम्पिएको जिम्मेवारीलाई बेवास्ता गरे जवाफदेही बनाइनेछ,’बारेले आइतबार पत्रकारहरुलाई जानकारी दिनु भएको छ ।

अल–शबाब आतङ्ककारीले सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा आक्रमण गरेको झण्डै ३० घण्टापछि सैनिक कारवाही समाप्त भएको छ ।

अल–शबाब आतङ्ककारीले गरेको आक्रमणमा ४० जनाको मृत्यु हुनुका साथै ७० भन्दाबढी घाइते भएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा अधिकारी र आक्रमणकारीबीच झण्डै ३० घण्टासम्म गोली हानाहान जारी रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया