प्रतिनिधिसभा बैठक स्थगित

  भदौ ०५, २०७९

काठमाडौँ, भदौ  ५ : प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सोमबार दिनको १ बजे बस्ने गरी स्थगित गर्नुभएको हो । बैठक आज बिहान ११ बजेका लागि निर्धारित थियो ।

प्र्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले सभामुख सापकोटाले भोलिका लागि तय गर्नुभएको जानकारी दिनुभयो ।नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनका कारण आजको बैठक स्थगित भएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया