चट्याङ लाग्दा एकको मृत्यु, एक घाइते

  भदौ ०३, २०७९

मुगु, भदौ ३ : छायाँनाथ रारा नगरपालिका ११ रोवा गाउँका अजबहादुर कुमाइको बिहीबार बेलुका चट्याङ लागेर मृत्यु भएको छ । साँझ ५ बजेतिर पाटनको बागजलेमा भेडा चराउँदैगर्दा कुमाइलाई चट्याङ लागेको थियो । चट्याङ लागेर एक जना घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते शेरबहादुर बुढाको उपचार भइरहेको छ । रोवा ११ कि बुधु बुढाका अनुसार घाइते बुढाको अवस्था सामान्य रहेको छ । पानी परेकाबेला चट्याङका घटना घटिरहने हुनाले सजग रहन स्थानीय प्रशासनले स्थानीयलाई सजग गराउँदैआएको छ ।

तपाईको प्रतिक्रिया