ट्राफिक जाँचमा ५१ विद्यार्थीसहित ३२८ चालक कारबाहीमा

  भदौ ०१, २०७९

काठमाडौं, भदौ १ : ट्राफिक प्रहरीको विशेष जाँचमा ५१ विद्यार्थीसहित ३२८ जना चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टले उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आएको विशेष जाँचमा बुधबार ३२८ जना चालक कारबाहीमा परेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७, आवश्यक कागजपत्र साथमा नराख्ने तीन र त्यो बाहेक अन्य आवश्यक सामान नबोकी हिँड्ने २१ जना चालक कारबाहीमा परेका हन् ।

आज नियमित जाँचमा ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १०७, एम्बुलेन्सका चालक चार र २१६ जना अन्य सवारी साधनका चालक र मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना चालकसहित ३२८ चालक कारबाहीमा परेको प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया