वटुक र ज्येष्ठ नागरिकलाई भोजन

  साउन ३१, २०७९

पोखरा, साउन ३१ : महिला पर्यटन व्यवसायी मञ्च ओटेफले आफ्नो स्थापना दिवस ज्येष्ठ नागरिक र वटुकहरुलाई खाना खुवाएर मनाएको छ । ‘आर्थिक विकासका लागि पर्यटन व्यवसायमा महिला’भन्ने मूल उद्देश्यसहित स्थापना भएको संस्थाले आफ्नो पाँचौँ स्थापना दिवस पोखराको लेकसाइडस्थित केदारेश्वर मन्दिरमा ज्येष्ठ नागरिक र वटुकलाई खाना खुवाएर मनाएको हो ।

कार्यक्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटनका विभिन्न पेसा व्यवसायमा आबद्ध महिलाको संस्थाले पर्यटन विकासका लागि सकारात्मक भूमिका खेलेको बताउनुभयो ।

होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले सबै व्यवसायसँग आबद्ध महिलाहरुले पर्यटन विकासमा साझा उद्देश्य राखेर अघि बढ्न सफल भएको धारणा राख्नुभयो । ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले संस्था पर्यटन क्षेत्रको विकाससँगै नेतृत्व तथा व्यक्तित्व विकासका लागि अग्रसर हुँदै अघि बढ्ेको बताउनुभययो ।

तपाईको प्रतिक्रिया