समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशको अध्यक्षमा साह

  साउन २९, २०७९

जनकपुरधाम, साउन २९ : समाजवादी प्रेस सङ्गठनको प्रथम मधेस प्रदेश अधिवेशनले प्रविन साहको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति चयन गरेको छ ।

जनकपुरधाममा शनिबार सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रबाट गठित समितिको उपाध्यक्षमा प्रविण शर्मा, महिला उपाध्यक्षमा प्रकृति अधिकारी, सचिवमा रमेश सुवेदी, सहसचिवमा प्रमोद चालिसे र कोषाध्यक्षमा रामपुकार यादवलाई चयन गरेको छ ।

समितिको सदस्यहरूमा सलिता सदा, नवीन साह, अजित कर्ण, नरेश गुप्ता र विनोद पटेललाई चयन गरेको जनाएको छ । नेकपा ९एकीकृत समाजवादी०का मधेस प्रदेशका इन्चार्ज धर्मनाथ साहले अधिवेशनको शुभारम्भ गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया