एकै परिवारका तीन जनाको शंकास्पद मृत्यु

  साउन २५, २०७९

बझाङ, साउन २५ : बझाङको बुंगल नगरपालिका –९ रारुमा एकै परिवारका तीन जनाको गएराति शंकास्पद मृत्यु भएको छ । एकै परिवारका २३ बर्षीय गीता पार्की, छोरी ५ बर्षीया भुमिका पार्की र छोरा ३ बर्षे महेश पार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अबस्थीले बताउनुभयो ।

घटना शंकास्पद देखिएकाले अनुसन्धानविना अहिले नै बताउन नसकिने उहाँको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

गीता पार्कीका श्रीमान् गए राती मात्र भारतबाट घर आएको स्थानीयको भनाइ छ । सोही राती घटना भएको छ । पारिवारिक बिवादले सो घटना घटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको अबस्थीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया