बालाजु बाइपासस्थित जुत्ता चप्पल कारखानामा आगलागी

  साउन २५, २०७९

काठमाडौँ, साउन २५ : काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिनुभयो ।

अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ ।यस्तै आगलागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया