वागेश्वरी माविमा सरस्वतीको मन्दिर

  साउन २५, २०७९

काठमाडौँ, साउन २५ : समाजसेवी हितबहादुर प्याकुर्‍ययाल ‘धर्म’ले वागेश्वरी मावि नुवाकोटका लागि सरस्वतीदेवीको मन्दिर पुनःनिर्माण गराइदिनुभएको छ ।

विद्यालयका पूर्वप्रधानाध्यापक प्याकुर्‍ययालले रु पाँच लाखको लागतमा पक्की मन्दिर बनाइदिनुभएको हो । उहाँले सूर्यगढी–३ चोकदेस्थित मन्दिरमा देवीको मूर्ति पनि प्रतिस्थापन गरिदिनाका साथै फलफूल वाटिका पनि निर्माण गरिदिनुभएको छ ।

अधिवक्ता र राजनीतिकर्मी पनि रहनुभएका प्याकु¥यालले विसं २०२२ मा आफ्नो निजी जग्गामा विद्यालय र पुस्तकालय भवन बनाउनाका साथै १४ वर्षसम्म निःशुल्क अध्यापन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया