विभिन्न देशका मुद्रासहित भारतीय नागरिक पक्राउ

  साउन २२, २०७९

काठमाडौं, साउन २२ : विभिन्न देशका अबैध मुद्रासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । ती मुद्रासहित भारतीय नागरिक राहदानी नम्बर जेड ५५६५७१५ बाहक ४३ वर्षीय अंकुर घनसे पटेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पटेलको साथबाट प्रहरीले तीन हजार छ सय अमेरिकी डलर, दुई हजार १३० पाउण्ड स्टर्लिङ, तीन  हजार दुई सय यूरो, चार हजार ४६५ यूएई दिराम र चार हजार ६५० केन्याको स्टर्लिङ डलर प्रहरीले बरामद गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका पटेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा जाँच गर्दा झोलामा लुकाएर ती मुद्रा लैजान लागेको फेला पारी प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि आइतबार राजश्व अनुसन्धान विभागमा प्रहरीले बुझाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया