अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

  साउन २२, २०७९

वासिङ्टन, साउन २२ : अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उहाँ कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बस्नुभएको छ ।

उहाँको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उहाँका चिकित्सकले जानकारी दिएका छन् ।ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले सो कुराको जानकारी दिनुभएको हो ।

उहाँले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहनुभएको तर उहाँलाई धेरै ठिक भएको उहाँका चिकित्सक ओ कनरले जानकारी दिनुभयो ।

उहाँले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाउनुभएको छ । उहाँलाई पहिलो पटक गत जुलाई २१ मा कोभिड सङ्क्रमण देखिएको थियो । त्यसपछि एक हप्तासम्म आइसोलेसनमा रहनुभएका बाइडेनलाई निको भएको थियो ।

राष्ट्रपति बाइडेनलाई पुनः जुलाई ३० मा कोभिड सङ्क्रमण देखिएको हो । शनिबार गराएको स्वास्थ्य परीक्षणमा उहाँको कोरोना नेगेटिभ रिपोर्ट आएको हो ।

तपाईको प्रतिक्रिया