प्रचण्ड जापान अवतरण, हिरोसिमाको अवलोकन गर्नुहुँदै

  साउन २१, २०७९

काठमाडौं, साउन २१ : नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान अवतरण गर्नुभएको छ । शनिबार विहान अध्यक्ष प्रचण्डलाई टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले  स्वागत गर्नुभएको छ ।

जापान पुग्नुभएका अध्यक्ष प्रचण्डले नेपालीहरुले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागि हुँदै हिरोसिमा घटना शनिबार ७५ वर्ष पुरा भएसँगै आइतबार उहाँले भ्रमण अवलोकन गर्नुहुने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डले आज (शनिबार) नै जापानको  फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । यस्तै आइतबार मन्चको आयोजनामा हुने अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नुहुने छ ।

अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे सचिवालयले जनाएको छ ।  प्रचण्डको भ्रमणले नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्नुका साथै नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपाली बीचमा विश्वास र सहकार्यमा बढोत्तरी हुने विश्वास लिइएको छ । जापान भ्रमण पुरा गरेर प्रचण्ड साउन २५ गते स्वदेश फिर्ता हुनेछन् ।

तपाईको प्रतिक्रिया