मोडलिङ प्रतियोगिता आयोजना हुने

  साउन २०, २०७९

काठमाडौँ, साउन २० : फोकस फेसनले राजधानीमा ‘द फ्लिक मोडल्स सेसन–१’ नामक मोडलिङ प्रतियोगिता आयोजना गरिने भएको छ । आगामी शनिबार राजधानीमा हुने प्रतियोगितामा पुरुष र महिला मोडल विजेता चयन गरिने आयोजक फोकस फेसनका अध्यक्ष आदर्श शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताबाट पुरुष र महिला प्रमुख विजेताका साथमा फस्ट र सेकेन्ड रनर्सअपको घोषणा गरिनेछ । विजेतालाई मोडलिङ क्षेत्रमा विभिन्न अवसर प्रदान गरिने शर्माले जानकारी दिनुभयो ।

प्रतियोगिताको अन्तिम स्पर्धामा ८ पुरुष र १५ महिला मोडलले स्पर्धा गर्नेछन् । प्रतियोगितामाा पुरुषतर्पm ब्रबिन योञ्जन, जेम्स सुन्दास, दीपेन्द्र सोनाम, सागर बस्नेत, केबिन कार्की, शारदा वीर चन्द्र र विदान्त रञ्जितबीच स्पर्धा हुनेछ । त्यसैगरी महिलातर्पm सीमा गुरुङ, सीमा श्रेष्ठ, रत्ना देवी, प्रतिमा पाण्डे, गीता शाही ठकुरी, स्वती यादव, सरगम श्रेष्ठ, अङ्की, श्रेष्ठ, सुस्मिता महर्जन, सुस्मिता बराल, अमिशा सुवेदी, निशा खजुरेल र सविना बस्नेतबीच भिडन्त हुनेछ । अन्तिम स्पर्धाबाट फोटोग्राफर राजभाइ सुवाल, कोरियोग्राफर जयन सुब्बा मानन्धर, अभिनेत्री सञ्चिता लुइँटेल, इभेन्ट अर्गनाइजर विशाल गुरुङ, मोडल दीपक घिमिरेको निर्णायक मण्डलले विजेताको चयन गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया