अध्यागमन कानून उल्लङ्घन गरेको आरोप

  साउन १९, २०७९

याङ्गुन, साउन १९ : म्यान्मारमा हिरासतमा परेका जापानी पत्रकारलाई अध्यागमन कानून उल्लङ्घन गरेको र सेनाविरुद्ध असन्तुष्टिलाई प्रोत्साहन दिएको अभियोग लगाइएको सैनिक सरकारले बिहीबार जानकारी दिएको छ ।

गत हप्ता याङ्गुनमा भएको विरोध प्रदर्शनको कभर गर्ने क्रममा जापानी पत्रकार टोरु कुबोटा पक्राउ परेका थिए । उनलाई “धारा ५०५ (ए) र अध्यागमन कानून १३–१ अन्तर्गत अभियोग लगाइएको सैनिक सरकारले प्रकाशन गरेको एक विज्ञप्तिमा जनाइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

तपाईको प्रतिक्रिया