कोलम्बो, साउन १८ : श्रीलङ्काले आगामी २५ बर्षका लागि राष्ट्रिय आर्थिक कार्यक्रम बनाउन लागेको राष्ट्रपति रनिल विक्रमासिङ्घेले जानकारी गराउनुभएकबो छ ।
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशको सङ्कट समाधानका लागि सहकार्य गर्न र सङ्कटग्रस्त अर्थतन्त्र सुधारका लागि सहकार्य गर्न सबै दलहरूलाई आह्वान गर्नुभएको छ ।
उहाँले सबै पार्टीलाई सरकारमा सहभागी हुन र संयुक्त सरकार बनाउन पनि बुधबार आग्रह गर्नु भएको हो । सबै पार्टी र संयुक्त सरकारले मात्रै मुलुकको सङ्कट समाधान गर्न सक्ने भएकाले सहकार्यका लागि आह्वान गरेको उहाँको भनाइ छ ।
उहाँले सरकारका नीति तथा कार्यक्रममाथि पनि सबै दलहरूको सुझाव पनि अपेक्षा गरेको बताउनु्भएको छ ।
नवौँ संसदको तेस्रो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहेका बेला उहाँले सबै दलहरूको सहयोगको अपेक्षा गर्नुभएको हो ।
श्रीलङ्कालाई अर्थतन्त्रमा आधुनिकिरण गर्न आवश्यक रहेको बताउदै उहाँले लामो समयसम्म विदेशी ऋणमा निर्भर पर्न नहुनेमा जोड दिनुभयो ।
अर्थतन्त्रलाई राम्रो तरिकाले व्यवस्थापन नगरेकाले अहिलेको आर्थिक सङ्कट उत्पन्न भएको उहाँको भनाइ छ ।






