म्याग्दीको बेनी नगरपालिका–२ मा उदाहरणीय कामको सुरुआत

  साउन १८, २०७९

गलेश्वर, साउन १८ : म्याग्दीको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले जनतालाई पायक पर्ने ठाउँबाट सेवा दिन थालेर उदाहरणीय कामको सुरुआत गर्नुभएको छ ।

कठिन भूगोल, तल्लो र उपल्लो खण्डमा विभाजित गरेर उहाँले सेवा दिन थाल्नुभएको हो । “२ नं वडाको तल्लो भेगका जनतालाई वडामा सेवा लिन जाँदा दिनभरि लाग्छ, जनताको सहजताका लागि यो कार्यको सुरुआत गरिएको हो”, वडाध्यक्ष कार्कीले भन्नुभयो । साबिकको ज्यामरुककोट गाविस–१ बगरफाँट र ८ र ९ बाहेक अन्य बस्तीका आवश्यक सेवालाई समेत उक्त दिन सदरमुकामबाटै प्रदान गरिने उहाँको भनाइ छ ।

तत्काल सरकारी कागजातको सुरक्षा र सेवा प्रवाहमा समेत सहज हुने गरी सदरमुकामबाट सेवा दिइए पनि निकट भविष्यमा वडाका सबै बस्तीलाई पायक पर्ने गरी संरचना बनाएर सेवा दिने वडाले जनाएको छ ।

तपाईको प्रतिक्रिया