रबात, साउन १२ : प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा बुधबार गोली लागी एक मोरक्कोका शान्ति सैनिकको मृत्यु भएको रोयल मोरक्कन सशस्त्र बल ९एफएआर० ले बिहीबार जनाएको छ।
उत्तर किभुमा संयुक्त राष्ट्रसंघका एक प्रहरी अधिकारीद्वारा असाबधानीबस चलेको गोली लागी उनको मृत्यु भएको हो। पछिल्लो समय कङ्गोमा अशान्तिका घटनाहरू बढिरहेका छन् ।






