शिक्षामन्त्री र प्राध्यापकबीच छलफल

  साउन १०, २०७९

काठमाडौँ, साउन १० : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हुने तालाबन्दी, खुला विश्वविद्यालयको डीन नियुक्तिमा भएको ढिलाइबारे आज नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग छलफल गर्नुभएको छ ।

सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्राध्यापकको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गर्नुभयो ।

“प्राध्यापकहरु विश्वविद्यालयका परिवार हुनुहुन्छ”, मन्त्री पौडेलले भन्नुभयो, “समस्या आइपर्छन्, समस्या आइहाले भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन छलफल र बहसबाट टुङ्ग्याऔँ ।”

तपाईको प्रतिक्रिया