फिलिपिन्सका राष्ट्रपति मार्कोस कोभिड सङ्क्रमित

  असार २४, २०७९

मनिला, असार २३ : फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोस कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ ।उहाँका प्रेस सचिव रोज बिट्रिक्स क्रुज-एन्जेल्सले शुक्रबार सो बारे जानकारी दिनुभएको हो ।

एन्जलसले पत्रकार सम्मेलनमा ६४ वर्षीय मार्कोस कोभिड-१९ को एन्टिजेन परीक्षणमा सङ्क्रमित देखिनु भएको भएको जानकारी दिनु भएको हो । उहाँलाई हल्का ज्वरो रहेको तर स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।

एन्जलसले राष्ट्रपति मार्कोससँग नजिकको सम्पर्कमा रहेकाहरूलाई स्वास्थ्य मापदण्ड अनुसार सचेत रहेन आग्रह गर्नु भएको छ । मार्कोसलाई सन् २०२० मार्चमा पनि कोभिड सङ्क्रमण भएको थियो।

तपाईको प्रतिक्रिया