इस्लामावाद, असार २३ : पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारी र अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको समाचारमा जनाइएको छ ।प्राप्त समाचारनुसार पाकिस्तानी विदेशमन्त्री जर्दारीले अमेरिकी विदेशमन्त्री ब्लिन्केनलाई बुधबार फोन गर्नुभएको थियो ।
पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारी अनुसार सो फोनवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विविध आयामहरुका साथै अन्य विषयहरुमा पनि कुराकानी भएको थियो ।
दुई देशका बीचमा विगत लामो समयदेखि सुमधुर सम्बन्ध रहेको भन्दै फोनवार्ताका क्रममा पाकिस्तानी विदेशमन्त्रीले आगामी दिनहरुमा दुई देशका बीचमा उच्चस्तरीय भ्रमणहरुको आदान प्रदान हुनुपर्नेमा जोड दिनुभएको थियो ।
सो अवसरमा व्यापारिक साझेदारीका साथै लगानीका विभिन्न आयोजनाहरुका बारेमा पनि कुराकानी भएको बताइएको छ । समाचारमा जनाइएअनुसार पाकिस्तान विदेश मन्त्री जर्दारीले पाकिस्तानमा रहेको ठूलो बजारमा अमेरिकाले लगानी गरोस् भनी आग्रह पनि गर्नुभएको सो विज्ञप्तिमा जनाइएको छ ।
उहाँहरुका बीचमा जलवायु परिवर्तन, स्वास्थ्य, सुरक्षा आदि विषयमा समय समयमा आपसमा छलफल हुनुपर्नेमा जोड दिइएको थियो । पाकिस्तानमा लगानी बढाउन सो अवसरमा पाकिस्तानी विदेशमन्त्री जर्दारीले अमेरिकी विदेशमन्त्री ब्लिन्केनलाई आग्रह पनि गर्नुभएको समाचरमा जनाइएको छ ।