चलचित्र ‘प्रसाद २’ बन्ने

  असार १८, २०७९

काठमाडौं, असार १८ : नेपाली चलचित्र ‘प्रसाद २’ निर्माण हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको औपचारिक घोषणा भएको हो ।

चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने चलचित्रकाे निर्देशन सुदर्शन थापाले गर्नुहुनेछ। चलचित्र २०७५ सालमा प्रदर्शनमा आएको प्रसादको सिक्वेलको रुपमा निर्माण हुन लागेको हो ।

सुशील पाण्डेको निर्देशन रहेको फिल्मलाई केशव पाण्डे र सुवास थापाले निर्माण गर्न लाग्नुभएको हो । कार्यक्रममा बोल्दै नायक विपिन कार्कीले प्रसादको साखलाई जोगाउने गरेर फिल्म बन्नेमा आशावादी रहेको बताउनुभयो । उहाँले दर्शकलाई फिल्मले निराश नबनाउने प्रतिबद्धता जनाउनुभयो ।

सञ्चारमाध्यममा पारिश्रमिक नमिल्दा फिल्ममा काम गरेन भन्ने आरोप लागे पनि त्यो सत्य नभएको र अन्य फिल्महरुको समय र आउने फिल्मको समय एकैपटक हुँदा काम गर्न नसकेको उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा नायिका नम्रता श्रेष्ठले ‘प्रसाद २’ झनै राम्रो हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ, अर्पण थापा, राज कटुवाल, कमलमणि नेपाल, प्रकाश घिमिरे, रश्मि पाण्डे, गीता अधिकारीलगायतको अभिनय रहनेछ ।

तपाईको प्रतिक्रिया