किशोर अनुराग निर्देशित टेलिचलचित्र ‘खहरेघाट’ प्रसारणमा

  असार १७, २०७९

काठमाडौं, असार १८ : किशोर अनुराग निर्देशित टेलिचलचित्र ‘खहरेघाट’ असार १८ गतेदेखि प्रसारण हुने भएको छ । सामाजिक कथा वस्तुमा आधारित उक्त टेलिचलचित्र हरेक शनिबार बेलुका ७ः३० बजे नेपाल टेलिभिजनमार्फत प्रसारण हुने भएको हो । साथै सोही दिन बेलुका ८ बजे मि टिभी एच डिमा पनि सिरियल हेर्न सकिनेछ ।

मि टिभी एच डिको लगानिमा तयार पारिएको उक्त टेलिचलचित्रमा कलाकार देश भक्त खनाल, बिद्या कार्की, किशोर अनुराग्, लब शर्मा, इच्छा सिंह, सुबिना श्रेष्ठ, सन्तोश थापा, साक्षी सिंह भण्डारी, सुमन बिष्ट, रिता थापा, शशी थापा र दिनेश खड्का लगायतको अभिनय रहेको छ भने आनन्द प्रभाकर घिमिरको छायांकन रहेको छ । साथै सम्पादक समिर मिया, शीर्ष गीत शशी बिक्रम थापा, निर्माता आनन्द प्रभाकर घिमिरे र हरी भण्डारी रहेका छन् ।

उक्त टेलिचलचित्रको कार्यकारी निर्माता निदेश अधिकारी हुन् । यस टेलिचलचित्रलाई रेस्कु कृएसनको सहकार्यमा मदर ल्यान्ड फिल्म्स प्रा लिले निर्माण गरेको हो । टेलिचलचित्र खहरेघाट २०६३ को नाटक महोत्सव मा पुरस्कृत नाटक हो । यो टेलिचलचित्रमा सुकुम्बासी बस्तीको कथा देखाउन खोजिएको छ । बस्ती भित्रको दुःख, रोग, भोक, अशिक्षा, अभाब लगाएतका पक्षहरु यसमा समेटिएको छ ।

तपाईको प्रतिक्रिया