कुखुराको चल्ला नष्ट

  असार १७, २०७९

चन्द्रौटा, असार १७ : इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध एक हजार ८०० ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिका–१ मडहास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा गएराति भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा कुखुराको चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ ।

कृष्णनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त अवैध कुखुराको चल्ला बरामद गरेको जनाइएको छ । प्रहरीका अनुसार ब्रोइलर कुखुराको चल्लाको मूल्य एक लाख ८० हजार बराबर रहेको जनाएको छ ।

बरामद गरिएको अवैध कुखुराको चल्लालाई पशु क्वारेन्टाइन कृष्णनगरका प्रतिनिधि, प्रहरी, सञ्चारकर्मी, स्थानीयलगायतको रोहबरमा नष्ट गरिएको कृष्णनगर प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया