अफ्रिकाका १२ देशमा मङ्कीपक्स सङ्क्रमण : सीडीसी

  असार १७, २०७९

अदिस अबाबा, इथियोपिया, असार १७ : अफ्रिकाका १२ देशहरूमा हालसम्म मङ्की पक्स सङ्क्रमण एक हजार ७८२ जनामा भेटिएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शुक्रबार जनाएको छ ।

अफ्रिका सीडीसीका कार्यकारी निर्देशक अहमद ओगवेलका अनुसार अफ्रिकामा रिपोर्ट गरिएका एक हजार ७८२ विरामीमध्ये १०४ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको र उक हजार ६७८ शंकास्पद सङ्क्रमित रहेका छन् ।

बेनिन, मोरक्को र दक्षिण अफ्रिका यस सङ्क्रमणको महामारी नदेखिएका मुलुक हुन् भने अन्य सदस्य राष्ट्रमा सङ्क्रमितको सङ्ख्या बढेको पाइएको छ ।

“दुःखको कुरा, मङ्कीपक्सको प्रकोपले गर्दा यस महादेशमा ७३ जनाको मृत्यु भएको छ र मृत्यु दर ४.१ प्रतिशत पुगेको छ,” सीडीसीका कार्यकारी निर्देशकले बताउनुभयो ।

पहिले कुनै घटना नभएका देशहरू इथियोपिया, गिनी, लाइबेरिया, मोजाम्बिक, सिएरा लियोन, सुडान र युगान्डामा पनि सङ्क्रमित भेटिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

तपाईको प्रतिक्रिया