रुस र इन्डोनेसियाका राष्ट्रपतिबीच युक्रेनबारे वार्ता

  असार १७, २०७९

मस्को, असार १७ : युक्रेनको पछिल्लो अवस्था र खाद्य आपूर्तिका विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोबीच भेटवार्ता भएको छ ।

बिहीबार उहाँहरुबीच मस्कोमा भएको भेटवार्ताका क्रममा सो विषयमा कुराकानी भएको थियो । पछिल्लो समयमा विश्वमा नै खाद्यान्नको अभाव भएका समाचारहरु आइरहेका छन् ।

रुस र युक्रेनका बीचमा युद्ध सुरु भएपछि विश्वमा खाद्यान्न अभाव भएको बताइएको छ । खाद्यान्न आपूर्ति प्रणालीमा आएको असन्तुलनका कारण खाद्यान्न अभाव भएको बताइएको छ ।

साथै बिहीबारको उहाँहरुको वार्ताका क्रममा कृषि मलको आपूर्तिका विषयमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ ।

त्यसवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले आगामी दिनमा रुसले छिमेकी देश तथा इन्डोनेसियाका लागि आवश्यक पर्ने कृषि मल उपलब्ध गराउने बताउनुभएको क्रेमलिनले जानकारी दिएको छ ।

उहाँले रुस र युक्रेनको पछिल्लो अवस्थाका बारेमा त्यस अवसरमा जनकारी गराउनुभएको बताइएको छ । उता अर्को एक समाचारमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले भने रुससँग लड्नका लागि आवश्यक सहयोग उपलब्ध गराउन नेटो राष्ट्रहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले नेटोको सम्मेलनलाई हालै सम्बोधन गर्दै युक्रेनका लागि प्रति महिना कम्तीमा पनि पाँच अर्ब अमेरिकी डलर सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया