अफ्रिकी युनियनको आग्रह

  असार १६, २०७९

आदिस अबाबा, असार १६ : अफ्रिकी युनियनले संयमता अपनाउन सुडान र इथियोपियालाई आग्रह गरेको छ ।अफ्रिकी युनियनका अध्यक्ष माउसा फाकी माहमतले सो आग्रह गर्नुभएको हो । उहाँले पछिल्ला दिनहरुमा सुडान र इथियो पियाबीचको आन्तरिक द्वन्द्व चर्किँदै गएको भन्दै संयम रहन आग्रह गर्नुभएको हो ।

उहाँले पछिल्ला दिनहरुमा यी दुई देशकाबीचमा विवाद चर्र्किएकाले त्यसो नगर्न र आन्तरिक रुपमा वार्ता गरी विवादको समाधान गर्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष माहमतले यी दुई देशलाई आपसी झगडा अघि नबढाउन र शान्ति वार्ताका माध्यमबाट समस्याको समाधान गर्न यी दुवै देशलाई आग्रह गर्नुभएको हो । सुडान र इथियोपियाका बीचमा सीमा क्षेत्रमा भएको विवादका कारण हिंसाको रुप लिएको छ । सुडानले आफ्ना केही सेना सीमा क्षेत्रमा इथियोपियाले हत्या गरेको जनाएको छ ।

सो हत्याका विरुद्धमा उसले संयुक्त राष्ट्रसङ्घमा उजुरी दिने पनि जनाएको छ । यो आन्तरिक मामिलालाई संयुक्त राष्ट्रसङ्घसमक्ष नलगी आपसी वार्ताबाट समाधान गर्न अफ्रिकी युनियनका अध्यक्षले आग्रह गर्नुभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया