क्यान्सरका ७३ प्रतिशत विरामीको रोग धेरै ढिला पहिचान

  असार १५, २०७९

उलान बातोर, असार १५ : मङ्गोलियामा सन् २०२१ मा पाँच हजार ९८१ जनाको क्यान्सर पहिचान गरिएको छ । यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले बुधबार लेखेको समाचार अनुसार क्यान्सर पहिचान भएकामध्ये ७३ प्रतिशतको रोगको पहिचान धेरै ढिला हुने गरेको पाइएको छ ।

क्यान्सर लागेको हो भन्ने पहिचान भएकामध्ये ६० प्रतिशत विरामीको एक बर्षमा निधन हुने गरेको पनि विवरण छ । अघिल्लो बर्ष सोही अवधिमा चार हजार ५५९ जनाको क्यान्सर पहिचान गरिएको थियो ।

करिब ३४ लाख जनसङ्ख्या रहेको यस मुलुकमा मे महिनादेखि देशव्यापी स्वास्थ्य परीक्षण अभियान चलाइएको छ । गम्भीर प्रकृतिका रोगबाट धेरै मानिस ग्रसित भएको सूचनाका आधारमा उनीहरूको उपचार तथा न्युनिकरण गर्ने उद्देश्यले देशव्यापी परीक्षण अभियान चलाइएको अधिकारीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया