वियोगान्त प्रेमकथा नाटक ‘कनन हरलता’

  असार १५, २०७९

काठमाडौं, असार १५ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको ‘बहुभाषिक नाट्य उत्सव २०७९’को दोस्रो दिन पुरानो घर समूह रौतहटको थारु भाषाको ‘कनन हरलता’, मञ्चन भयो । असार १२ देखि १८ गतेसम्म सञ्चालन हुने उत्सवमा विभिन्न भाषाभाषीको ७ वटा नाटक मञ्चन हुँदैछ ।

महाभारतको युद्धपछि राजा परीक्षितको टाउकोमा सुनको रूप लिएर कलियुगले बास गरेको भन्ने धार्मिक कथनको वरपरका कथा समेटेर निर्देशक कुन्दन थारुले निर्देशन गरेको नाटक हो ‘कनन हरलता’ । नाटकमा राजा परीक्षित का छोरा र छिमेकी राज्यकी राजकुमारीको बिच भएको वियोगान्त प्रेमकथालाई नाटकमा समेटिएको छ ।

मंगलबार बाम्बुले राई समाज ओखलढुङ्गाबाट राई भाषाको  ‘सुम्निमा’, बुधबार आरोहणबाट नै चाम्लिङ, नेपाली भाषाको ‘सेमुना’, बिहीबार सुम्निमा थिएटर ललितपुरबाट पुमा भाषाको ‘होङ्छा’, शुक्रबार चुलाचुली रंगमञ्च इलामबाट लिम्बु भाषाको ‘सुविउ चरी’ र शनिबार कर्णाली खस संस्कृति संरक्षण केन्द्र जुम्लाबाट अवधि भाषाको ‘कुटिरो’ नाटकहरु मञ्चन हुनेछन् । नाट्य उत्सवका लागि डेढ दर्जनभदा बढी नाटकहरु प्राप्त भएपनि भाषा र भौगोलिक महत्वका अनुसार ७ वटा नाटकहरु छनोट गरिएको थियो ।

तपाईको प्रतिक्रिया