एर्डोगानले म्याड्रिडमा बाइडेनलाई भेट्ने

  असार १४, २०७९

इस्तानबुल, असार १४ : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले आज या भोलीसम्म अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने बताएका छन् । युक्रेनमा रुसको आक्रमणमा केन्द्रित वार्ताका लागि म्याड्रिडमा नेटो शिखर सम्मेलन हुन गइरेहको यस अवस्थामा वार्ता गर्ने उनले बताएका छन् ।

बाइडेनसँग आज बिहान कुरा गरेको र उनले आज राती वा भोलीसँगै बस्ने इच्छा व्यक्त गरेका इर्डोगानले बताएका छन् । एर्डोगानले म्याड्रिड उडान भर्नुअघि पत्रकारहरूलाई स्वीडेन र फिनल्याण्डको सैन्य ब्लकमा वार्ता केन्द्रित हुने सम्भावना रहेको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया