‘तिमीलाई माया’ म्युजिक भिडियो सार्वजनिक

  असार १३, २०७९

काठमाडौँ, असार १३ : दक्षिण कोरियामा रहेका कलाकारको सक्रियतामा निर्मित ‘तिमीलाई माया’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक उत्तम मगरको स्वरमा सजिएको यस गीतमा देवेन्द्र पुनको शब्द, सङ्गीत रहेको छ भने गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गर्नुभएको छ ।

उक्त भिडियोमा सोनाम शेर्पा, मौसमी गुरुङ (डार्क एन्जल) र रजनी राईको अभिनय रहेको छ । युवा प्रेम र आकर्षणलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको भिडियोमा माया, प्रेम, शङ्का र सम्बन्धलाई रचनात्मक तवरले देखाउन खोजिएको छ ।

दक्षिण कोरियाका विभिन्न पर्यटकीय आकर्षण बोकेका ठाउँमा छायाङ्कन गरिएको उक्त भिडियोको निर्देशन मौसमी गुरुङ (डार्क एन्जल) ले गर्नुभएको हो । सम्पादन भने विजेश पौडेलले गर्नुभएको जनाइएको छ । भिडियो डेमो क्रियशनको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ । निर्माण समूहले दर्शक स्रोतालगायतलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया