सत्र जना मृत फेला परे

  असार १२, २०७९

जोहानसबर्ग, असार १२ : दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक रातिकल्बमा आइतबार कम्तिमा १७ जना मानिस मृत फेला परेको प्रहरीले जनाएको छ । के कति कारण यी व्यक्तिहरुको मृत्यु भएको यसको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ’। प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले एएफपी समाचार समितिलाई उक्त जानकारी दिनुभएको छ ।घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उहाँले बताउनु भएको छ । यद्यपी अझै पनि यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया