म्याड्रिड शिखर सम्मेलन: शान्तिको लागि आह्वान

  असार १२, २०७९

म्याड्रिड [स्पेन], जुन २६ : विश्वभरका विभिन्न सदस्यहरू मिलेर बनेको उत्तरी एट्लान्टिक सन्धि विरोधी गठबन्धन समूहले व्यापक शान्तिको आह्वान गर्दै शनिबार म्याड्रिडमा सम्मेलन सम्पन्न गरेको छ।

“नयाँ नेटोले प्रमाणित गरेको छ कि यो संयुक्त राष्ट्रसंघको बडापत्रको जनादेश विपरीत हस्तक्षेप गर्न उद्दत छ जुन युगोस्लाभिया, अफगानिस्तान, इराकर लिबियामा देखिएको छ,”

नेटोका प्रतिनिधि विली मेयरले भने। त्यस्तै स्पेनको कम्युनिष्ट पार्टीका अध्यक्ष जोसे लुइस सेन्टेलाले सैन्य खर्चमा वृद्धिको वकालत गरेकोमा नेटोको आलोचना गर्दै सैन्यवादको निन्दा गर्न आह्वान गरेका छन्। उक्त समूहले आगामी नेटो शिखर सम्मेलनको विरोधमा आइतबार ठूलो प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।

तपाईको प्रतिक्रिया