मेलिलाको घटना आप्रवासीले ‘प्रादेशिक अखण्डता’ मा गरेको हस्तक्षेप भएको स्पेनी प्रधानमन्त्रीको दावीे

  असार ११, २०७९

म्याड्रिड, असार ११ : मेलिलाको सिमानामा भएको आप्रवासी गतिविधिलाई स्पेनले भौगोलिक हस्तक्षेप बताएको छ ।

मोरक्कोको नादोर र मेलिलाबीचको सिमाना नाघेर दुई हजार आप्रवासी स्पेन प्रवेश गर्न लागेपछि दुवै देशका सुरक्षा अधिकारीले नियन्त्रण गर्न खोज्दा कम्तीमा १८ आप्रबासीको मृत्यु भएको थियो । सुरक्षाकर्मीहरूले उनीहरूलाई सिमानाको दुवैतर्फबाट रोकेका थिए ।

मेलिला उत्तर अफ्रिकामा अवस्थित स्पेनको दुई स्वायत्त सहरहरू मध्ये एक हो । यो केप थ्री फोर्क्सको पूर्वी तर्फ, मोरक्कोको सिमानामा र भूमध्य सागरको सिमानामा अवस्थित छ ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार मोरक्कोसँग जोडिएको मेलिलाको घेरामा भएको आप्रवासी गतिविधिलाई स्पेनको ‘क्षेत्रीय निष्ठामा भएको आक्रमण’ बताउनुभएको हो ।

उहाँले यसलाई ‘मानव ओसारपसार गर्ने माफिया’ को गतिविधिका रूपमा उल्लेख गर्नुभयो । शुक्रबारको नाटकीय दृश्यहरूमा लगभग दुई हजार आप्रवासीहरूले मोरक्कोलाई स्पेनी सिमासँग छुट्टाइएको मेलिलाबाट बारहरू भत्काएर जबरजस्ती प्रवेश गर्न खोजिएको सामाजिक सञ्जालहरूमा आएका दृष्यमा देखाइएको छ । उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “सीमामा भएका सबै घटनामा मानव तस्कर माफिया नै जिम्मेवार रहेको प्रस्ट देखिन्छ ।”

तपाईको प्रतिक्रिया