चीनको ग्वाङ्सीमा भारी वर्षा, बाढीबाट करिब ३८ हजारभन्दा बढी प्रभावित

  असार ११, २०७९

नानिङ, असार ११ : दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे बर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा प्रभावित भएको स्थानीय अधिकारीहरुले शनिबार जनाएका छन् ।

ग्वाङ्सीले यस वर्षको बर्षा ऋतुमा छ पटक भारी वर्षाको अनुभव गरेको छ । यहाँ औसत वर्षा ४९०.८ मिलिमिटरमा रेकर्ड गरिएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा रेकर्डभन्दा १.६ गुणा बढी हो ।

यस क्षेत्रको बाढी नियन्त्रण तथा राहत कार्यक्रममा गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, बाढी पहिरो र वर्षाका कारण आएको विपत्तिले तीन हजार ४३६ घरहरू डुबानमा परेको र एक लाख ५९ हजार ३०० हेक्टर कृषियोग्य जमिनको क्षेत्रफलमा क्षति पुगेको छ ।

प्रत्यक्ष आर्थिक नोक्सानी १२.४८ अर्ब युआन (लगभग १.८६ अर्ब अमेरिकी डलर) भन्दा बढी भइसकेको छ । यस क्षेत्रको बाढी नियन्त्रण राहतको केन्द्रीय कार्यालयका एक अधिकारीका अनुसार ग्वाङ्सीमा यस बर्ष अझै धेरै भारी वर्षा र आँधी आउनसक्ने पूर्वानुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया