डोनबास नियन्त्रण गर्न रुसी फौजसमक्ष चुनौती

  असार ११, २०७९

काठमाडौं, जेष्ठ ११ : रुसी फौजको भीषण हमला सामना गर्न नसकेपछि युक्रेनी फौजलाई युक्रेन सरकारले फिर्ता हुन निर्देशन दिएको छ ।

हप्तौंदेखि रुसी फौज र युक्रेनी फौजबीच युक्रेनका पूर्वी शहरहरुमा आ–आफ्ना उपस्थिति देखाउन आमनसामने भएका थिए । सेना फिर्ता हुने औपचारिक रुपमा निर्देशन दिएपछि अन्ततः सो शहर पनि रुसी नियन्त्रणमा गएको छ ।

युक्रेनी सेना फिर्ता हुनुलाई केही विज्ञहरुले रणनीतिक रुपमा भन्दा पनि मस्कोको सांकेतिक रुपमा विजय भएको प्रतिक्रिया दिएका छन् । सेभेरोडोनेत्सकमा यी दुई पक्षबीच जुन १४ तारिखमा भीषण लडाईँ हुँदा सो क्षेत्रमा धुवाँ र धुलोको मुस्लो देखिएको थियो ।

सिभरस्का डोनेत्सक नदीले छुटाएका लुहान्सक क्षेत्रमा रहेका सेभेरोडोनेत्सक र लाईस्याचांक शहर नियन्त्रण गर्न रुसी फौजले केही हप्ताअघि आक्रमण गरेको थियो ।

भीषण गोलाबारीका कारण युक्रेनी फौजको रणनीतिक क्षेत्रहरु करिब करिब तहसनहस भएको सैन्य विज्ञहरुले बताएका छन् ।

‘सेभेरोडोनेत्सक रुसी नियन्त्रणमा गए पनि यो सामान्य क्षति हो तर अहिले पनि लाईस्याचांक शहर युक्रेनी नियन्त्रणमा छ ।’ पूर्वसहायक सेना प्रमुख इहोर रोमानेन्कोले अलजजिरालाई प्रतिक्रिया दिनुभयो ।

‘लुहान्सक क्षेत्रमा अतिक्रमित नगरिएको जिल्लाको केन्द्र भएकाले पनि रुसी फौजको लागि यो शहर रणनीतिक किल्लाको रुपमा रहेको बताउनुहुँदै उहाँले युक्रेनी जनता सँधै त्यहाँ रहनेछ, सैन्य भूमिकाबाट मात्र पछि हटेको हो ।’ उहाँले बताउनुभयो ।

उहाँका अनुसार मस्कोको लागि अति नै रणनीतिक महत्व भएकाले खेरसान र जापोरिजिया शहरबाट रुसी फौज फिर्ता हुँदै लुहान्स्क क्षेत्रमा तैनाथ गरिएपछि युक्रेनी फौजले सामना गर्न असमर्थ भएको हो ।

‘रुसी फौजलाई भारी मात्रामा क्षति पु-याउँदै युक्रेन पछि हटेको छ ।’ रुससम्बन्धी अनुसन्धानमा खटेको वासिंगटन डिसीस्थित थिंक ट्यांक जामेस्टोन फाउन्डेसनका पाभेल लुजिनले दाबी गर्नुभएको छ । उहाँ बताउनुहुन्छ, ‘समयले रुसलाई पछि हट्न लगाउनेछ, किन भने सैनिक सामर्थ्यता पुनः विगतकै स्थानमा आउनेछैन ।’

यसैबीच, अजजजिराका अनुसार चारमहिना अघिदेखि राजधानी किभ र उत्तरी युक्रेनमाथि कब्जा गर्न खोज्दा सयौं ट्ंयाक र तोपहरुसहित हजारौं रुसी फौजको क्षति भएको थियो । रुसी फौजमाथि गैरसैनिकमाथि युद्ध अपराध गरेको आरोप पनि लागेको छ ।

रुसी फौज अप्रिल महिनामा राजधानी किभ कब्जा गर्न असफल भएपछि लुहान्स्क र डोनेत्सक रहेको डानेबास क्षेत्रलाई कब्जा गर्न केन्द्रित भएका थिए ।

रुसी फौजको भीषण हमलाका बावजुद पनि धेरै जनसंख्या रहेको यस प्रान्तमा करिब ४० प्रतिशत भूभाग युक्रेन सरकारको नियन्त्रणमा रहेको बताइए पनि लुहान्स्कको औद्योगिक क्षेत्र, पावर स्टेसन, कोइला खानी सन् २०१४ देखि रुस समर्थित युक्रेनी विद्रोहीको कब्जामा रहेको छ । राजधानी किभले कृषिफार्ममा मात्र नियन्त्रण गर्न सफल रहेको छ ।

युक्रेनका विज्ञ अलेक्से कुचकाअनुसार पावर स्टेसनहरु करिब करिब बन्द भइसकेकाले यसबाट युक्रेनलाई आर्थिक रुपमा सामान्य क्षति पुगेको छ । डोनेस्क क्षेत्रको प्रशासनिक राजधानीसँगै सामुन्द्रिक मार्ग र दुईवटा ठूला स्टिल प्लान्ट भएको मारियोपोल रुसी नियन्त्रणमा गएपछि युक्रेनलाई अत्याधिक मात्रामा धक्का पुगेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया